Kathmandu Press

रात्री बस सञ्चालनमा रोक लगाउने गृहको प्रस्ताव, यातायात व्यवसायीसँग छलफल गरिँदै

वर्षाद्को समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो।
रात्री बस सञ्चालनमा रोक लगाउने गृहको प्रस्ताव, यातायात व्यवसायीसँग छलफल गरिँदै

काठमाडौं, असार २८ : गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ।

आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो।

Hardik ivf

यो विषयमा गृहमन्त्रालयले यातायात व्यवसायीहरूसँग छलफल गर्न लागेको छ। वर्षाद्को समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो।

चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो  सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारण राखेका थिए।

सोही विषयमा छलफल गर्न यातायात व्यवसायीहरूलाई बोलाइएको हो।

वर्षादको समयमा राति बस सञ्चालनमा रोक गर्न सांसदहरुले प्रतिनिधिसभा बैठकमा माग गरेका छन्।

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्