प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले लगायो ह्विप
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले राजनीतिक इमान्दारिताका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
काठमाडौं, असार २८ : प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप लगाएको छ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले राजनीतिक इमान्दारिताका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
निर्णय भएसँगै रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेको छ।
कांगस र एमालेबीच सत्ता सहकार्यको सहमतिसँगै एमाले, जसपालगायतका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। त्यसैले उनले आज संसदबाट विश्वासको मत लिँदैछन्।
प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार