Kathmandu Press

बाढी पहिरोबाट भएको क्षतिप्रति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 
बाढी पहिरोबाट भएको क्षतिप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौ, असार २८ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Hardik ivf

‘नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा आज बिहान खस्दा करिब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाका साथ काम गर्न आग्रह गरेका छन् ।

स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिँदै उनले सबै एक भएर विपत्तिको सामना गर्न अपिल गरेका छन् ।

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्