Kathmandu Press

पहिरोमा परेको वेपत्ता बसबाट हाम फालेर बाँचेका थिए तीन यात्रु, ६२ यात्रुको अवस्था अज्ञात  

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ । 
पहिरोमा परेको वेपत्ता बसबाट हाम फालेर बाँचेका थिए तीन यात्रु, ६२ यात्रुको अवस्था अज्ञात  

काठमाडौं, असार २८ : मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ । 

Hardik ivf

सोही दुर्घटनामा तीनजना यात्रु हाम फालेर बाँचेको चितवन प्रहरीले जनाएको छ । एउटा बसको केही भागमात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनका अनुसार दुईवटा बस बगेको भनिए पनि अर्को बसको पत्तो लागेको छैन ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सबाट हाम फालेका तीन यात्रु भने सकुशल रहेको  प्रहरीले जनाएको छ। अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गोताखोरको टोली खटिएको छ । उद्धारको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

दुवै बसमा गरी जम्मा ६५ यात्रु रहेको बताइएको छ । त्यसमध्ये तीनजना हाम फालेर बाँचेका छन् भने बाँकी ६२ यात्रुको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति: १०:३८ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्