Kathmandu Press

वसन्त चौधरीद्वारा सरकारलाई ६० लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, चैत २४ : व्यवसायी एवं कवि वसन्त चौधरीले सरकारलाई ६० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन्।

सोमबार नर्भिक इन्टरनेसनल अस्पत....

वसन्त चौधरीद्वारा सरकारलाई ६० लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, चैत २४ : व्यवसायी एवं कवि वसन्त चौधरीले सरकारलाई ६० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन्।

सोमबार नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट चौधरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। जसमा थ्री एम एन९५ मास्क दुई हजार, थ्री प्ले सर्जिकल मास्क ४८ हजार र मेडिकल कम्प्लिट सेट एक हजार रहेका छन्।

त्यस्तै, नर्भिक अस्पतालले चैत मसान्तसम्म अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने जनाएको छ।  फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष चौधरीले बताए।

अस्पताल र फाउन्डेसनले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै ५० लाख रुपैयाँ सहयोग गरेको थियो।

स्वास्थ्य सामग्री लिँदै स्वास्थ्यमन्त्री ढकालले सबैको सहयोगले कोरोनाविरुद्ध लड्न सकिने बताए। “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ,” मन्त्री ढकालले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ।”

कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो। अहिलेसम्म नेपालमा नौ जनामा कोरोना देखिएको छ। जसमध्ये एक जना निको भइसकेका छन भने आठ जनाको उपचार भइरहेको छ।

 

प्रकाशित मिति: ११:२४ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्