मुग्लिन–नारायणगढ सडकमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु
बुटवलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, असार २८ : मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु २ ख ६५६६ नम्बरको बसका चालकलाई माथिबाट खसेको ढुंगाले लागेको थियो । ढुंगाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:०८ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












