पूर्वमेयर नेम्वाङको निधन
८१ वर्षीय नेम्वाङको विराटनगरस्थित न्युरो अस्पतालमा बिहान ९ बजे निधन भएको हो।
काठमाडौं, असार २७ : फिदिम नगरपालिकाका पूर्वमेयर ओनाहाङ नेम्वाङको बिहीबार निधन भएको छ।
८१ वर्षीय नेम्वाङको विराटनगरस्थित न्युरो अस्पतालमा बिहान ९ बजे निधन भएको हो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नेम्वाङ मेयरमा निर्वाचित भएका थिए। नेम्वाङलाई रक्तचाप र मधुमेहसम्बन्धी समस्या रहेको जनाइएको छ।
फिदिम नगरपालिका घोषणा भएपछि पहिलो पटक २०७४ सालमा नेम्वाङ मेयरमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












