रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न अल्पकालिन अन्तरिम आदेश
उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकालको एकल इजलासले दिएको आदेशमा ‘निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु हेर्दा दुवै पक्ष राखी छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने देखिएको’ जनाइएका छ।
काठमाडौं, असार २७ : उच्च अदालत पाटनले रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न विहीबार अल्पकालिक अन्तरिम आदेश जारी गरेको छ।
उक्त अल्पकालिन अन्तरिम आदेशपछि रिलायन्स स्पिनिङले सर्वसाधारणको लागि जारी गर्न लागेको आईपीओ रोकिने भएको छ।
अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको थियो।
उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकालको एकल इजलासले दिएको आदेशमा ‘निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु हेर्दा दुवै पक्ष राखी छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने देखिएको’ जनाइएका छ।
लगानीकर्ताहरूको लगानी सुरक्षाको लागि बिहीबारदेखि निष्कासन जारी गर्न थालिएको आइपीओ यथास्थितिमा राख्न आदेशमा भनिएको छ।
रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डबाट बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्ने स्वीकृति लिने प्रक्रियामा पेस गरेको आर्थिक विवरण लगायतका विषयमा विवाद देखिएपछि अदालतमा मुद्दा परेको हो।