राष्ट्रिय सभा बैठक स्थगितप्रति चार दलको आपत्ति
चार दलले अर्थमन्त्रीको गलत मनसायका कारण बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको दाबी गरेका छन्।
काठमाडौं, असार २७ : राष्ट्रिय सभा बैठक स्थगित भएको बिषयमा नेपाली कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आपत्ति जनाएका छन्।
उनीहरुले बिहीबार अपरान्ह संयुक्त प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन्। मन्त्रीहरू नआएकाे भन्दै राष्ट्रिय सभा बैठक आइतबार सम्मका लागि स्थगित गरिएकाे थियाे।
कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, एमाले प्रमुख सचेतक भगवती न्यौपाने, जसपा संसदीय दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा संसदीय दलका नेता शेखरकुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा विज्ञप्तिमा राष्ट्रियसभाले विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनी अधिकार समेत हनन् भएको उल्लेख छ।
चार दलले अर्थमन्त्रीको गलत मनसायका कारण बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको दाबी गरेका छन्।
नयमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विद्येयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्ने कार्यसूची थियो।












