दोहोरो अंकले बढ्यो नेप्से, २२ सय माथि पुग्यो
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९.२१ अंकले बढेर लागेर २२०४.६१ बन्दूमा पुगेको हो। सेयर बजार कबिर १ वर्षपछि २२ सय माथि पुगेको हो।काठमाडौं, असार २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९.२१ अंकले बढेर लागेर २२०४.६१ बन्दूमा पुगेको हो। सेयर बजार कबिर १ वर्षपछि २२ सय माथि पुगेको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९० अंकले उकालो लागेर ३९१ं६६ मा पुगेको छ। नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ।
बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन्।
समाज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी–५० ४.१३, सेञ्चुरी डिबेञ्चर ३.९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका छन्।