राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने
शाहीले सरकारमा राप्रपा जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिहरु अनुसार भर पर्नेछ।
काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पाटीले विश्वासको मत नदिने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए।
शाहीले सरकारमा राप्रपा जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिहरु अनुसार भर पर्नेछ।
एमाले, जनता समाजवादी पार्टी, नागरिक उमुक्ति पार्टी लगायतले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। उनले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्।
प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












