Kathmandu Press

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा साउन २४ गते निर्णय सुनाइने

पूर्वसभामुख सापकोटाविरुद्ध शसस्त्र द्वन्द्वका बेला काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ।
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा साउन २४ गते निर्णय सुनाइने

काठमाडौं, असार २७ : पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आगामी साउन २४ गते निर्णय सुनाइने भएको छ।

पूर्वसभामुख सापकोटाविरुद्ध शसस्त्र द्वन्द्वका बेला काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले असार १२ का लागि निर्णय सुनाउने दिन तोकेको थियो। त्यतिबेला सापकोटाको मुद्दा स्थगित भएको थियो।

लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्ना पतिलाई सापकोटा लगायतले २०६२ वैशाखमा अपहरण गरी हत्या गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। सापकोटामाथि २०६५ साउन २७ गते ज्यान मुद्दाको आरोपमा काभ्रे प्रहरीमा जाहेरी दर्ता भएको छ।

जाहेरी दर्ता भए पनि सापकोटा प्रहरी र जिल्ला अदालतको सम्पर्कमा नगएको बताउँदै पूर्णिमायाले ०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी हुन्।

उक्त रिटलगायत सापकोटासँग जोडिएका अरु मुद्दा पनि छन्। ति सबै मुद्दामा एकसाथ फैसला हुँदैछ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्