Kathmandu Press

नेप्से २९ अंकले वृद्धि, ७ अर्ब ८ करोडको कारोबार

कारोबार रकमका आधारमा  सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट १५ करोड मूल्य बराबरको सेयर कारोबारका साथ  शीर्षस्थानमा रहेको छ।
नेप्से २९ अंकले वृद्धि, ७ अर्ब ८ करोडको कारोबार

काठमाडौं, असार २७ : बिहिबार नेप्से दोहोरो अंकले बृद्धि भएको छ। नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको छ।

 

Hardik ivf

आज ३३१ स्क्रिप्सको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ७ अर्ब  ८ करोड  ६ लाख ९८ हजार १४६ रुपैयाँमा खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने २ अर्बले बढेको हो।

बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमाा कारोबार भएको छ।  उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ। सिटीजन्स सुपर ३० म्युचुअल फण्डको सेयर ९.९७ प्रतिशतले बढ्दा  एनआईबीएल स्टाबल फण्डको ९.८३,जानकारी फाइनान्सको ८.७६ र सिटीजन्स म्युचुअल फण्डको सेयर  ७.८२ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा  सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट १५ करोड मूल्य बराबरको सेयर कारोबारका साथ  शीर्षस्थानमा रहेको छ।

ग्लोबल आइएमई बैंकको १४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालय रिइन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स १२/१२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर ११ करोड मूल्य बराबरको कारोबार भएको छ।

कारोबारमा आएका १५४ स्टकको मूल्य बढ्दा ७८ वटाको  घटेको छ। १२ वटाको मूल्य स्थिर रहेको छ। माइक्रो फाइानान्सबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्