पाइलटहरूले उडान रोकेपछि नलिञ्चोक हेलिपोर्ट अलपत्र
उडान गर्न थालेपछि नलिञ्चोक हेलिपोर्टमा धेरै उडान सुरक्षा जोखिम रहेकाे एक हेलिकप्टर क्याप्टेनले बताएका छन्।
काठमाडौं, असार २७ : भक्तपुर नलिञ्चोकमा सञ्चालनमा आएको हेलिपोर्ट अलपत्रमा परेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ७ उद्घाटन गरेर सञ्चालनमा ल्याएको नलिञ्चोक हेलिपोर्ट २० दिनमै अलपत्र परेको हो।
प्राधिकरणललाई ४७ पाइलटहरूले नलिञ्चोक हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले कुनै पनि उडान नगर्ने लिखित जानकारी गराएका छन्।
उडान गर्न थालेपछि नलिञ्चोक हेलिपोर्टमा धेरै उडान सुरक्षा जोखिम रहेकाे एक हेलिकप्टर क्याप्टेनले बताएका छन्।
हेलिपोर्टको भौगोलिक अवस्थिति, वरिपरिको बाक्लो बस्ती, पूर्वाधारको पूर्णतयारी नहुनु, सुरक्षा संवेदनशीलतामा पर्याप्त ध्यान नदिइनु लगायत कारण उडान–अवतरण गर्न नसकिने उनले बताए।
‘नलिञ्चोक हेलिपोर्टमा हवाई इन्धन सुविधा, अग्नि नियन्त्रण उपकरण, कार्गाे, यात्रु तथा सामान जाँच्ने स्क्यानर मेसिनलगायत केही पनि छैन,’ उनले भने,
पाइलटहरूले नलिञ्चोक हेलिपोर्टबाट उडान–अवतरण नगर्ने भनेर लिखित जानकारी गराए पनि हामी उनीहरूसँग यसबारे गम्भीर छलफल गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।












