Kathmandu Press

‘स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि हुन, सम्मानलाई निरन्तरता दिन्छौं’

‘कला तथा संगीतको माध्यमबाट नेपाली समाजको सुधार र नेपाली साहित्य भण्डारको वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनु भएका स्रष्टालाई पुरस्कार वितरण गर्न पाउदा खुशी लागेको छ । स्रष्टाहरु राष्ट्रका अमूल्य नीति हुन्। उहाँहरुको सम्मान गर्नु आजको परिवर्तित सन्दर्भमा रहेको राज्यको दायित्व पनि हो,’ मन्त्री तामाङले भने।
‘स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि हुन, सम्मानलाई निरन्तरता दिन्छौं’

काठमाडौं, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले समाजको सुधारमा महत्वपूर्ण योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन्।

विहीबार काठमाडौंमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले समाजलाई सहि मार्गदर्शन दिने स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि भएको भन्दै उनीहरुलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताए।

Hardik ivf

‘कला तथा संगीतको माध्यमबाट नेपाली समाजको सुधार र नेपाली साहित्य भण्डारको वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनु भएका स्रष्टालाई पुरस्कार वितरण गर्न पाउदा खुशी लागेको छ । स्रष्टाहरु राष्ट्रका अमूल्य नीति हुन्। उहाँहरुको सम्मान गर्नु आजको परिवर्तित सन्दर्भमा रहेको राज्यको दायित्व पनि हो,’ मन्त्री तामाङले भने।

उनले स्रष्टाहरूले समाजलाई आफ्नो सिर्जनशिल लेखमार्फत सही मार्गदर्शन गर्ने बताए। उनले यस्ता सम्मान कार्यक्रमहरुलाई आगामी दिनम पनि निरन्तरता दिने बताए।

विभिन्न विधामा पुरस्कार प्राप्त गरि सम्मानित भएका समाज सुधारकहरुलाई यस पुरस्कारले आफ्नो क्षेत्रमा थप काम गर्न हौसला र उत्साह प्रदान गर्ने विश्वास लिएको पनि उनको भनाई छ।

यसवर्ष कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार वितरण गरिएको छ।

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्