Kathmandu Press

सरकार गठनको प्रक्रिया सुरु भएपछि एमालेसँगको सहमति सार्वजनिक गर्छाै : महामन्त्री थापा

महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत छलफल भएको र त्यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै एमालेसँग भएको लिखित सहमतिको इमान्दारीताका साथ पालना हुने बताए।
सरकार गठनको प्रक्रिया सुरु भएपछि एमालेसँगको सहमति सार्वजनिक गर्छाै : महामन्त्री थापा

विराटनगर, असार २७ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेकपा एमालेसँग भएको सत्ता समिकरणको सहमति नयाँ सरकार गठनको प्रक्रियामा सूरु भएपछि सार्वजनिक हुने बताएका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रतिनिधीसभामा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा सूरु भईसकेपछि मात्रै कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक हुने बताए । 

Hardik ivf

महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत छलफल भएको र त्यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै एमालेसँग भएको लिखित सहमतिको इमान्दारीताका साथ पालना हुने बताए। 

थापाले एमाले नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा समेत गरे । उनले महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने र महामन्त्रीकै रूपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए।

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्