Kathmandu Press

मन्त्रीहरू नआएपछि सूचना टाँसेर राष्ट्रियसभा बैठक स्थगित

विधेयकसम्बन्धी सम्बद्ध मन्त्री नआएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना टाँस गरी बैठक स्थगित गरेका हुन्। बैठक बिहीबार दिउँसो सवा १ बजेका लागि बोलाइएको थियो।
मन्त्रीहरू नआएपछि सूचना टाँसेर राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, असार २७ : सरकारका मन्त्रीहरु राष्ट्रिय सभाको बैठकमा उपस्थित नभएपछि स्थगित गरिएको छ।

विधेयकसम्बन्धी सम्बद्ध मन्त्री नआएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना टाँस गरी बैठक स्थगित गरेका हुन्। बैठक बिहीबार दिउँसो सवा १ बजेका लागि बोलाइएको थियो।

Hardik ivf

बैठकको कार्यसूची अनुसार सुरुमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने र त्यसपछि विभिन्न विधेयकमाथि छलफल गर्ने भनिएको थियो।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो।

यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची थियो । भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत र पारित गर्ने कार्यसूची समेत  थियो।

राष्ट्रिय सभा नियमावली अनुसार सम्बद्ध विधेयकमा छलफल गर्ने बेला कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ। अब अर्को बैठक आइतबार बस्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्