अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्ने र सहकार्य गर्ने निर्णय पनि जसपाले गरेको छ।
काठमाडौं, असार २७ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दहाललाई विश्वासको मत नदिने पक्षमा उभिएको छ।
प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधिसभाका बैठकमा विश्वासको मत लिँदैछन्।
बिहीबार बसेको जसपा संसदीय दल बैठकले विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्ने र सहकार्य गर्ने निर्णय पनि जसपाले गरेको छ।
जसपाले यसअघि नै दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाइसकेको छ।
प्रकाशित मिति: १४:५० बजे, बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार