भद्रकाली मन्दिरको पुनर्निर्माण सुरु
शिल्यान्यास पछि पञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर ढङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक हस्तक्षेप र असफल बनाउने काम नगर्न आग्रह गरिन्।काठमाडौं, असार २१ : काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनर्निर्माणको कार्य सुरु गरेको छ।
महानगरले दक्षिण पश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान शुरु गर्ने निर्णय गरे बमोजिम आज उपमेयर सुनिता ढङ्गोलको उपस्थितिमा शिल्यान्यास गरेर पुनर्निर्माणको कार्य सुरु गरिएको हो।
शिल्यान्यास पछि पञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर ढङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक हस्तक्षेप र असफल बनाउने काम नगर्न आग्रह गरिन्।
भद्रकाली र परिसर बन्नु काठमाडौं महानगरपालिको एउटा पूर्वाधार बन्नु मात्र नभई सांस्कृतिक, ऐतिहासिक र धार्मिक पक्षलाई जीवित राख्ने कार्य रहेको भन्दै छिटो निर्माण गर्न आवश्यक रहेको बताइन्।
प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१
एनपिएलको उपाधि दाबेदार कर्णाली याक्समा कुन खेलाडी कस्ता?मंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको दोस्रो जितमंगलबार, मंसिर ११, २०८१