Kathmandu Press

आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसीटी पनि समावेश छ : मन्त्री शर्मा

उनले पहिले कृषि, उर्जालगायतका क्षेत्रमा मात्र सरकारको ध्यान जाने गरेकोमा आधुनिक विश्वको बढ्दो प्रविधिलाई पनि सरकारले प्राथमितामा राखेको बताइन्।
आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसीटी पनि समावेश छ : मन्त्री शर्मा

काठमाडौं, असार २७ : सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधि क्षेत्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने भएका कारण आइसीटी क्षेत्रको विकासका लागि सरकारले नेपालको आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसीटीलाई समेत समावेश गरेको बताएकी छिन्।

बिहीबार ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अगामी आर्थिक वर्षको बजेटमा २०८० को दशकलाई नै आइसीटी दशकका रुपमा मनाउने सरकारले नीति लिएको बताएकी हुन्।

Hardik ivf

उनले पहिले कृषि, उर्जालगायतका क्षेत्रमा मात्र सरकारको ध्यान जाने गरेकोमा आधुनिक विश्वको बढ्दो प्रविधिलाई पनि सरकारले प्राथमितामा राखेको बताइन्।

‘अहिलेको युग आइसीटीको युग हो। आइसीटी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने क्षेत्र हो । यसमा हामी कसैमा पनि दुईमत हुनुहुँदैन,’ उनले भनिन्, ‘सरकारले सूचना प्रविधिको महत्वलाई आत्मसाथ गर्ने कुरामा गम्भीर भएर लागेको छ। अहिलेको बजेट कार्यक्रममा नेपालको आर्थिक विकासका रणनीतिक क्षेत्र भनेर आइसीटीलाई समावेश गरेका छौं।’

गत आर्थिक वर्षमै सातवटै प्रदेशमा आइसीटी रिसर्च सेन्टर स्थापना गर्ने र सबै तहका सरकारसँग समन्वय गर्ने नीति लिएको भएपनि दुरसंचार प्राधिकरण विभिन्न समस्यामा अल्झिँदा त्यो कामले पु्र्णता पाउन नसेकको उनको भनाइ छ।  

 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्