Kathmandu Press

‘संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन’

‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ।’ उनले भने।
‘संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन’

मोरङ, असोज २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए।

Hardik ivf

‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ।’ उनले भने।

महामन्त्री थापाले एमाले र कांग्रेस बीच भएको सात बुँदे समझदारी पालना गरिने बताए। सोही अनुसार पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने बताए।

महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्