Kathmandu Press

डेढ वर्षमा पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौं पटक विश्वासको मत लिनुपरेको अवस्था इतिहासमै नयाँ दृष्टान्तका रुपमा स्थापित भएको छ।
डेढ वर्षमा पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विश्वासको मत लिँदै छन्। उनले डेढ वर्षबीचमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन्।

नेकपा एमाले, जसपालगायत दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले पुनः विश्वासको मत लिने तयारी गरेका हुन्। प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौं पटक विश्वासको मत लिनुपरेको अवस्था इतिहासमै नयाँ दृष्टान्तका रुपमा स्थापित भएको छ।

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी तेस्रो ठूलो दल बनेको थियो। एमाले लगायत दलको समर्थनमा सोही ०७९ पुस ११ मा दाहाल तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

Hardik ivf

दाहाले प्रधानमन्त्री नियुक्त भएपछि ७९ पुस २६ मा विश्वासको मत लिएका थिए। त्यसपछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उलने ०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिए।

दाहालले पुनः कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाए। त्यसपछि तेस्रो पटक ०८०  फागुन ३० मा विश्वासको मत लिएका थिए। जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण पुनः विश्वासको मत लिए।

कांग्रेसलगायत विपक्षी दलले सहकारी ठगी प्रकरणमा संसदीय छानविनको माग गर्दै संसद् बैठकमा अवरोध र विरोधकाबीच उनले ०८१ जेठ ७ मा चौथोपटक विश्वासको मत लिएका थिए।

संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले  विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।

सोही धाराको उपधारामा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याकाको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने भन्ने प्रावधान छ।

संसदमा रहेका सबैभन्दा ठूला दल कांग्रेस र एमालेले असार १७ गते नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए, दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन्।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्