Kathmandu Press

प्रधानमन्त्री पत्नी सीता दाहलको पहिलो स्मृतिसभा

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेकी स्व.सिता दाहाल २०२८ साल देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन् । वि.सं २०५२ साल देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन्।
प्रधानमन्त्री पत्नी सीता दाहलको पहिलो स्मृतिसभा

काठमाडौं, असार २७ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको बालुवाटारमा प्रथम स्मृतिसभा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पहिलो स्मृतिसभामा प्रधानमन्त्री दाहालसहित परिवारका सदस्य, पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टीका पदाधिकारी, नेता, कार्यकर्ताहरूले स्व.सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेकी स्व.सिता दाहाल २०२८ साल देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन् । वि.सं २०५२ साल देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन्।
 
प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्