प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्विप
प्रमुख समेचक रमेश लेखकले विज्ञप्ति जारी गर्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहलालाई विश्वासको मत नदिने नेपाली कांग्रेसले ह्विप लगाएको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप लगाएको हो।
प्रमुख समेचक रमेश लेखकले विज्ञप्ति जारी गर्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

‘असार २८ गते शुक्रबारका दिन विहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन जारी गरिन्छ,’ लेखकद्वारा जरी विज्ञप्तिमा भनिएको हो।
कांग्रेस र एमालेबीच नयाँ सत्ता गटबन्धन बनाउने सहमतिसँगै एमाले, जसपा, नागरिक उमुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहाल अल्पमतमा परेका छन्। अल्पमतमा परेपछि उनले शुक्रबार विश्वासको मत लिन लागेका हुन्।












