झापामा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु
भारत झारखण्ड राज्य गोडा स्थायी ठेगाना भइ नेपाल घुम्न आएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
झापा, असार २७ : झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
झापाको गौरादह–१ सितापुरीमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका भारत झारखण्डका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेपाल घुम्न आएका थिए।
टाउकोमा चोट लागेकाका ठाकुरलाई उपचारका लागी निम्स अस्पताल दमक लगिएको थियो। मोटरसाइकल चालक गौरादह १ निवासी ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
चालकले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, असार २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












