Kathmandu Press

महामन्त्री शर्मा ओली सरकारमा नजाने

‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक वर्गको चासो र चिन्ता छ,’ उनले भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न।’
महामन्त्री शर्मा ओली सरकारमा नजाने

झापा, असार २७ : एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अब बन्ने सरकारमा आफू नजाने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा उनले अब बन्ने सरकारमा नजाने बताएका हुन्।

दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको उनले बताए।

Hardik ivf

‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक वर्गको चासो र चिन्ता छ,’ उनले भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न।’

१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो। दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन।

सरकारमा कांग्रेसको नेतृत्व महामन्त्री गगन थापाले उपयुक्त हुने उनले बताए।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्