Kathmandu Press

सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।
सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्यो

काठमाडौं, असार २७ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।

बुधबार प्रतितोला एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ८५ निर्धारण भएको छ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्