भारतमा कोरोनाबाट ८३ जनाको मृत्यु, ३५ सय संक्रमित
काठमाडौं, चैत्र २४ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३५ सय नाघेको छ । स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले देशभर कोरोना संक्रमितको संख्या ३५....

काठमाडौं, चैत्र २४ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३५ सय नाघेको छ । स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले देशभर कोरोना संक्रमितको संख्या ३५ सय ७७ पुगेको पुष्टि गरेको छ ।
अहिलेसम्म भारतमा ८३ संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतमा आइतबार पाँचसय पाँच नयाँ संक्रमित भेटिएका छन् । देशभरका दुई सय ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
दिल्लीमा आइतबार कोरोना भाइरसका ५८ जना नयाँ संक्रमित देखिएका छन् । दिल्लीमा कोरोना संक्रमित बिरामीको संख्या पाँच सय तीन पुगेको छ । महाराष्ट्रमा कोरोना संक्रमितको संख्या बढेर सात सय ४८ पुगेको छ ।
उत्तर प्रदेशमा आइतबार कोरोना संक्रमणका ४४ नयाँ बिरामी देखिएका छन् । यो सँगै उत्तर प्रदेशमा संक्रमितको संख्या दुई सय ७८ पुगेको छ ।












