नाउपले फिर्ता लियो सरकारलाई दिएको समर्थन, विश्वासको मत पनि नदिने
नाउपले बुधबार बेलुका यस्तो निर्णय गरेको हो। उसले प्रधानमन्त्रीले समय दिएपछि पार्टीको निर्णयको औपचारिक जानकारी दिने तयारी नाउपको छ।
काठमाडौं, असार २६ : नागरिक उन्मुक्ति पार्टीले पुष्कपमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
एमाले र जसपाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि दाहाल सरकार अल्पमतमा परेको छ।
नाउपले बुधबार बेलुका यस्तो निर्णय गरेको हो। उसले प्रधानमन्त्रीले समय दिएपछि पार्टीको निर्णयको औपचारिक जानकारी दिने तयारी नाउपको छ।
यस्तै, नाउपले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ। अल्पमतमा रहेका प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदैछन्।
प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। नाउपाले सुरुदेखि नै प्रधानमन्त्री दाहाललाई समर्थन गर्दै आएको थियो।
नाउपले अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। दुई ठूला दलबीचको सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीको अध्यक्षमा नयाँ सरकार बन्ने छ।
प्रकाशित मिति: २०:३५ बजे, बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार