Kathmandu Press

ललित स्मृति एन्फा यु–१८ युथ लिग आइतबारदेखि

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५० हजार प्राप्त गर्ने बताइएको छ।
ललित स्मृति एन्फा यु–१८ युथ लिग आइतबारदेखि

काठमाडौं, असार २६ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललित स्मृति एन्फा यु–१८ युथ लिग सुरु गर्ने भएको छ।

बुधबार संघले पत्रकार सम्मेलनको आयोजना गरी यहि असार ३० गते देखि ललित स्मृति एन्फा यु–१८ युथ लिगको शुरुवात गर्न लागेको जानकारी दिएको हो।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च व्याइज फुटवल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ्ग मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब गरी १२ वटा क्लबले डबल राउन्ड रोबिनका आधारमा खेलहरु खेल्ने छन्।

प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोस्थित खेल मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५० हजार प्राप्त गर्ने बताइएको छ। यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकता, उत्कृष्ट गोलकिपरले समन १५ जहार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्