Kathmandu Press

फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली, एक जनाको मृत्यु

काठमाडौं, चैत्र २४ : फिलिपिन्समा कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली, एक जनाको मृत्यु
Hardik ivf

काठमाडौं, चैत्र २४ : फिलिपिन्समा कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो । लकडाउन नतोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।

यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: ०८:०१ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्