Kathmandu Press

‘खानेपानीको क्षेत्र सरकारको प्राथमिकतामा परेन्’

उनले खानेपानी जस्तो आधारभूत कुरालाई नियमावलीको पहिलो नम्बरमा राख्नु पर्ने भन्दै नियमावली संसोधनको काम छिटो भन्दा छिटो गर्न आग्रह पनि गरेका छन्।
‘खानेपानीको क्षेत्र सरकारको प्राथमिकतामा परेन्’

काठमाडौं, असार २६ : खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले खानेपानीलाई प्रर्याप्त बजेट नदिएको गुनासो गरेका छन्।

राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले दिगो लक्ष्य हासिल गर्ने भनेर मात्र नहुने भन्दै त्यो हिसाबको बजेट पनि आवश्यक रहेको बताए।  

Hardik ivf

‘सरकारले खानेपानीलाई पर्याप्त बजेट दिँदैनm दिगो लक्ष्य प्राप्त गर्ने खालको बजेट हामीलाई कहिल्यै प्राप्त हुँदैन्, उनले भने ‘त्यसले गर्दा खानेपानीको सवालमा सरकार र राज्यको पनि ध्यान कम देखिएको छ।’

उनले खानेपानी जस्तो आधारभूत कुरालाई नियमावलीको पहिलो नम्बरमा राख्नु पर्ने भन्दै नियमावली संसोधनको काम छिटो भन्दा छिटो गर्न आग्रह पनि गरेका छन्।

‘खानेपानी सम्बन्धी नियमावली छिटोभन्दा छिटो संसोधनको प्रक्रियामा अगाडि बढ्नु पर्छ। खानेपानी जस्तो आधारभूत कुरालाई उहाँहरुको नियमावलीको प्राथमिकतामा पनि ४ नम्बरमा रहेछ त्यसलाई पनि एक नम्बरमा राख्नु पर्छ,’ उनले भने, ‘सिचाइभन्दा खानेपानी जहिले पनि अगाडि हुनुपर्छ। उहाँहरुले नियमावली संसोधन गर्ने प्रक्रिया अगाडि बढाउछु भन्नु भएको छ। जति छिटो यो काम हुन्छ त्यती हामीलाई सहज हुन्छ।’

उनले अहिले मेलम्चीको पानी बन्द भएको र बागमतीको पानीमा पनि धेरै फोहोर र लेदो भएको कारणले प्रशोधन गर्न नसकेको भन्दै करिब ७ करोड लिटर मात्र पानी काठमाडौंमा आपूर्ती भइरहेको पनि जानकारी दिएका छन्।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, असार २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्