Kathmandu Press

प्रधानमन्त्री दाहाल, नेपाल र खनालबीच भेटवार्ता

अहिले प्रधानमन्त्री दाहाल र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल जारी छ।
प्रधानमन्त्री दाहाल, नेपाल र खनालबीच भेटवार्ता

काठमाडौं, असार २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच बालुवाटारमा भेटबार्ता भएको छ।

अहिले प्रधानमन्त्री दाहाल र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल जारी छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले असार २८ गते दिने विश्वासको मतका लागि सबै दलसँग कुरा गर्ने निर्णय गरेको थियो। 
 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्