ओली रुपान्तरण भए कि भन्ने भ्रममा परे : प्रधानमन्त्री
ओलीलाई नबुझेको थिइन तर मान्छे हो हन्डर खाएर रुपान्तरित भए कि भन्ने भ्रममा परे, यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’
काठमाडौं, असार २६ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफुले राम्रोसँग बुझेको तर पछिल्लो समय विभिन्न हन्डर खाएर रुपान्तरण भए कि भन्ने भ्रममा परेको बताएका छन्।
बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले एमालेसँग सत्ता सहकार्य गरेको तर ओलीबाट फेरी पनी धोका भएको बताएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा ब्रिफिङ गर्दै दाहालले एमाले अध्यक्ष ओली कांग्रेससँग मिलेपनी माओवादीलाई घाटा नभएको बताए। उनले भने–‘हामीले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले नै एमालेसँग मिलेका हौं, ओलीलाई नबुझेको थिइन तर मान्छे हो हन्डर खाएर रुपान्तरित भए कि भन्ने भ्रममा परे, यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’
एमालेबाट सभामुख बनेका देवराज घिमिरेले प्रतिनिधिसभा सचिवमा पूर्वसचिव सुरेश अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेबाटै संकेत देखा परेको दाहालले बताएका थिए।