Kathmandu Press

रविले साहारा सहकारीको १ अर्ब गोर्खा मिडियामा लगानी गरेको दाबी

सहारा बहुउद्देश्यीय सहकारी पीडितले १ अर्ब रकम प्रकरणमा छानविन अघि बढाइनुपर्ने धारणा समिति समक्ष राखेका हुन्। पीडितहरूले मुद्दा हाल्न जाँदा चितवन प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम देखेपछि रोकेको समेत बताए।
रविले साहारा सहकारीको १ अर्ब गोर्खा मिडियामा लगानी गरेको दाबी

काठमाडौं, असार २६ : सहकारी पीडितले गृहमन्त्री रवि लामिछानले साहारा बहुउद्देश्यीय सहकारीको १ अर्ब रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको बताएका छन्।

बुधवार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बोल्दै पीडितहरूले यस्तो भनाई राखेका हुन्। उनीहरुले सहकारीको नीति र कानून विपरित गोर्खा मिडिया नेटवर्कमा लगानी लगाइएको बताए।

Hardik ivf

सहारा बहुउद्देश्यीय सहकारी पीडितले १ अर्ब रकम प्रकरणमा छानविन अघि बढाइनुपर्ने धारणा समिति समक्ष राखेका हुन्। पीडितहरूले मुद्दा हाल्न जाँदा चितवन प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम देखेपछि रोकेको समेत बताए।

छानविन समिति समक्ष ओरिन्टल सहकारी पीडित, शिवशिखर बहुउद्देश्य सहकारी संस्थाका पीडित, यमुना आइटल सहकारी पीडित, इमेज सहकारीका पीडतलगायतले आफ्ना गुनासा र सुझाव राखेका छन्।

अधिकांश पीडितहरुले समितिले निष्पक्ष रुपमा छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । शक्ति र राजनीतिक आडमा बसेका सहकारी सञ्चालकहरुबाट बचतकर्ता ठगिएको गुनासो पीडितको छ।

सरकारले पीडकहरुको मात्रै आवाज सुनेको गुनासो समेत उनहरुको थियो। सहकारी विभागले न्याय दिन नसकेपछि प्रहरीमा जाँदा पनि पीडितलाई अवरोध भएको भनाई समेत उनीहरुको छ।

 

प्रकाशित मिति: १७:०५ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्