Kathmandu Press

जनमत पार्टीका सात जना नेता निलम्बित

जनमत पार्टीको गत असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकको सुझाव अनुसार पार्टीले उनीहरुलाई तीन महिनाका लागि पार्टीबाट निलम्वन गरेको हो।
जनमत पार्टीका सात जना नेता निलम्बित
फाइल तस्बिर।

काठमाडौं, असार २६ : जनमत पार्टीले पार्टीका जिम्मेवार सात जना नेतामाथि निलम्बनको कारबाही गरेको छ

जनमत पार्टीको गत असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकको सुझाव अनुसार पार्टीले उनीहरुलाई तीन महिनाका लागि पार्टीबाट निलम्वन गरेको हो।

निलम्बनमा पर्नेहरुमा पार्टीका राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीप) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, पार्टीका पुर्व जिल्ला अध्यक्ष रविन्द सहनीसहित जिल्लास्तरीय नेता धीरज कामती, अनिता कुमारी यादव, दिपनारायण यादव छन्र

निलम्बनको निर्णय असार २६ गतेदेखि लागु हुने जनाइएको छ ।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्