Kathmandu Press

रवि लामिछानेको क्लबले रास्वपा कब्जा गर्‍यो : मुकुल ढकाल

‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ, रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ,’ उनले भने, ‘अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले। त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन।’
रवि लामिछानेको क्लबले रास्वपा कब्जा गर्‍यो : मुकुल ढकाल

काठमाडौं, असार २६ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री र प्रवक्ता मुकुल ढकालले रास्वपा रविको क्लबमा परिणत भएको आरोप लगाएका छन्। उनले सभापति लामिछानेको गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताएका हुन्।

‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ, रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ,’ उनले भने, ‘अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले। त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन।’

उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको बताए।

‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन, म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन,’ ढकालले भने, ‘तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो।’

रवि लामिछानेले आफ्नो गल्ती सबै अरुमा थोपार्ने काम मात्र गर्दै आएको पनि उनको आरोप छ।

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन्। अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन, रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो,’ उनले भने।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्