Kathmandu Press

पोल्याण्डको नागरिकता लिएको उजुरी परेपछि शिक्षा मन्त्री श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रको पत्र

उक्त उजुरीबारे सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै भिडियो मार्फत आफुले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको मन्त्री श्रेष्ठले बताइन् ।
पोल्याण्डको नागरिकता लिएको उजुरी परेपछि शिक्षा मन्त्री श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रको पत्र
फाइल तस्वीर

काठमाण्डौं, असार २६ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दोहोरो नागरिकता लिएको उजुरी परेको छ । 

Hardik ivf

युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाएको छ।

उक्त उजुरीबारे सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै भिडियो मार्फत आफुले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको मन्त्री श्रेष्ठले बताइन् ।

उनले भिडियो मार्फत आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको तर आफूले त्यहाँको नागरिकता नलिएको बताइन् । मन्त्री श्रेष्ठले त्यस देशको नागरिकता लिने प्रक्रिया समेत थाहा नभएको बताएकी छन्।

शिक्षामन्त्री भएको समय जति पनि आफु पोल्याण्ड नबसेको बताउँदै मन्त्री श्रेष्ठले सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको उनले भिडियो मार्फत बताएकी छन्। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्