युवाका लागि नयाँ युवा नीति ड्राफ्ट गर्दै खेलकुद मन्त्रालय
वर्तमान समयमा युवाहरु भविष्य निमार्ण गर्ने समयमा गलत लतमा फसिरहेको भन्दै अब युवाहरुको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए।(6)-1720603802.jpg)
काठमाडौं, असार २५ : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गरिरहेको बताएका छन्।
बुधबार मन्त्रालयमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले युवा तथा खेलकुदको विकास गर्नु नै मन्त्रालयको उद्देश्य रहेको भन्दै युवाहरुको लागि नयाँ युवा नीति ल्याउने प्रयासमा रहेको बताए।
‘मन्त्रालयको उद्देश्य नै युवा तथा खेलकुदको विकासको लागि गर्नुपर्ने नीतिगत र अन्य व्यवस्थापन गर्नु हो र मन्त्रालयले यसमा क्रियाशिल छ। विभिन्न माध्यम र प्रक्रियाबाट युवाहरु र खेलकुदको विकासका लागि हामी तयार पनि छौं,’ उनले भने, ‘मन्त्रालयले युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गरिरहेको छ। त्यो नीतिले पत्रकारले लेखेका कुरा र आवश्यक धेरै कुरामा केही न केही परिवर्तन ल्याउ भन्ने कुरामा मेरो विश्वास रहेको छ।’
वर्तमान समयमा युवाहरु भविष्य निमार्ण गर्ने समयमा गलत लतमा फसिरहेको भन्दै अब युवाहरुको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए।
‘अहिले युवाहरुमा शैक्षिक तनाव धेरै छ। यसको बारेमा बोल्नु पर्ने अवस्था आएको छ। अर्को युवाहरु मानसिक समस्याहरु धेरै आइरहेको छ,’ उनले भने, ‘यसको बारेमा राज्य र पत्रकारहरुले केही बोल्नु पर्छ । युवा पुस्तामा कुलतको अवस्था छ परिपक्क हुने र भविष्यको बारेमा सोच्ने उमेरमा युवाहरु यस्तो लतमा फसिरहेका छन्। यस्तो युवाहरुको बारेमा नसोच्ने हो भने हाम्रो भविष्य राम्रो हुन सक्दैंन्। यो विषयमा मन्त्रालय गम्भिर छ।’
यस्तै, उक्त कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले पुरस्कारको लागि सबैलाई धन्यवाद दिदैँ यस्तै हौसला भए आउदो दिनहरुमा अझ धेरै राम्रो प्रदर्शन गर्ने बताए।
‘यो पुरस्कार वितरण गर्नु भएकोमा सबैलाई धन्यवाद दिन चहान्छु र यसरी नै साथ दिनु आउने दिनहरुमा यो भन्दा पनि राम्रो क्रिकेट खेल्ने छौं। सबैको यसमा ध्यानाकर्षण भएको छ,’ उनले भने ‘नेपाल सरकारले यसरी नै क्रिकेट लगायत अन्य खेलहरुमा लगानी गर्ने हो भने आउने दिनहरुमा खेल क्षेत्रमा झन् सुधार हुने आशा गरेको छु।’












