प्रचण्डको दोहोरो चरित्रका कारण नयाँ समिकरण बन्यो : ओली
प्रचण्डले आफु नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल गरेको समेत बताए ।
काठमाडौं, असार २६ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा आलीले प्रधानमन्त्री पुष्पकमल दाहालको दोहोरो चरित्रका कारण अहिलेको राजनैतिक परिस्थितिको सृजना भएको बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले दाहालधारा एमालेलाई कमजोर पार्ने गरि भएका गतिविधीका कारण अहिलेको परिस्थिति पैदा भएको बताए।
दाहालमा अस्थीरता, स्वार्थपेरित लगायतका काम देखिएको बताउदै ओलीले संविधानलाई गतिशिल बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि नेपाली कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा हल्लामात्रै भएको उल्लेख गरे।
दाहालले आफु नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल गरेको समेत बताए। ओलीले अब बन्ने सरकार देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा केन्द्रीत हुने बताए । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने र हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागीता गराउने जिकिर गरे।












