Kathmandu Press

माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु
फाईल तस्विर
Hardik ivf

काठमाडौं, असार २६ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ।

सिंहदरबारमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए। 

नेपाली कांग्रेस र  नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमतिपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।  प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन्।
 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्