Kathmandu Press

यौन व्यवसायमा लगाएको आरोपमा सिन्धलीका २ जना पक्राउ

प्रहरीले उक्त गेस्ट हाउसबाट ३ जना बालिकाको उद्धार गरेको छ ।
यौन व्यवसायमा लगाएको आरोपमा सिन्धलीका २ जना पक्राउ

काठमाडौं, असार २६ : नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सिन्धुलीका दुई जनालाई पक्राउ गरेको छ।

सिन्धुली हरिहरपुर गाउँपालिका–१ स्थाई घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतानलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

बालिकाहरुलाई पैसाको प्रलोभन देखाएर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। गेस्ट हाउसबाट प्रहरीले ३ जना बालिकाको उद्धार गरेको छ।

पक्राउ परेकालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ। 
 

प्रकाशित मिति: १४:११ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्