परराष्ट्र सचिव लम्साल नयाँदिल्ली जाँदै
बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको नयाँदिल्लीमा असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल त्यसतर्फ जान लागेकी हुन्।
काठमाडौं, असार २६ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालखाडीको प्रयास (बिमस्टेक) का परराष्ट्रमन्त्रीहरूको नयाँदिल्लीमा असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल त्यसतर्फ जान लागेकी हुन्।
त्यस अवसरमा बिमस्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
रिट्रिटमा सहभागी हुनुहुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ।












