Kathmandu Press

सचिवालय बैठकमा ओलीले भने- ओठेभक्ति देखाएर व्यवहारमा संविधान असफल बनाउने प्रयास भयाे

‘कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन। मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो,’ ओलीले भने।
सचिवालय बैठकमा ओलीले भने- ओठेभक्ति देखाएर व्यवहारमा संविधान असफल बनाउने प्रयास भयाे

 
काठमाडौं, असार २६ : एमाले केपी शर्मा ओलीले संविधानप्रतिको ओठेभक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास भएको बताउँदै स्वीकार्य नहुने चेतावनी दिएका छन्।

बुधबार पार्टीको सचिवालय बैठकलाई सम्बोधन गदैृ अध्यक्ष ओलीको नेपाली कांग्रेससँग संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए।

अहिले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच आयोग बनाउने बिषयमा सहमति नभएको जानकारी ओलीले बैठकमा गराएका छन् । अहिलेसम्मको अनुभवका आधारमा सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उनले बताए।

‘निश्चित बुँदा तोकेर संविधान संशोधनको निष्कर्षमा पुगेको अवस्था होइन,’ ओलीले भने। संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने भनाई ओलीको थियो।

अध्यक्ष ओलीले आयोग कसैको नेतृत्वमा पनि आयोग बन्ने भन्ने कुरा नभएको पनि बताए। ‘कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन। मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो,’ ओलीले भने।

यतिबेला भ्रम फैलाउनका एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योल र अस्थिरताको स्थितितर्फ जाने भयो भन्ने कुरा गरिएको पनि उनले बताए।

ओलीले सचिवालय वैठकमा प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको भन्दै प्रष्ट पारेका थिए।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्