Kathmandu Press

विद्युतीय सवारी साधनमा कर छलीको आशंकासहित विभागले झिकायो फाइल

विद्युतीय सवारी साधनको कर छलीबाट भएको हानि नोक्सानीको अनुसन्धानका लागि विभागले सबै फाइल खिचेको हो । विभिन्न कम्पनीबाट आएको कागजात हेरेपछि भन्सार विभागबाट थप कागजात झिकाएको हो।
विद्युतीय सवारी साधनमा कर छलीको आशंकासहित विभागले झिकायो फाइल

काठमाडौं, असार २६ : राजस्व अनुसन्धान विभागले विद्युतीय सवारी साधन (ईभी) को आयातसँग सम्बन्धित फाइल भन्सार विभागबाट मगाएको छ।

विभागले विद्युतीय सवारी आयातकर्ताले आयातका क्रममा बुझाएको विवरण झिकाएको हो। विद्युतीय सवारी साधनको कर छलीबाट भएको हानि नोक्सानीको अनुसन्धानका लागि विभागले सबै फाइल खिचेको हो । विभिन्न कम्पनीबाट आएको कागजात हेरेपछि भन्सार विभागबाट थप कागजात झिकाएको हो।

भन्सार विभागबाट आयातीत विद्युतीय सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता मागिएको छ। कुन ब्राण्डको कति विद्युतीय सवारी साधन आए भन्ने बिषयमा समेत खुलाउन भनिएको छ।

यसअघि पनि भन्सार विभागले विद्युतीय सवारी साधनमा कर छलीको सन्देह उत्पन्न भएपछि तातोपानी र रसुवा भन्सार कार्यालयलाई पत्र लेखेको थियो । ति फाइलहरुमा पनि अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्