Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमलेले लगायो ह्वीप

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमलेले लगायो ह्वीप

काठमाडौैं, असार २६ : प्रधानमन्त्री पुष्पकमल दाहलालाई विश्वासको मत नदिन नेकपा एमालेले ह्वीप लगाएको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्।

Hardik ivf

प्रधानमन्त्री दाहालले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेस र एमालबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै एमाले र जसपाले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। कंग्रेस एमालेले उनलाई राजीनामा दिन दबाब दिएपनि दाहालले विश्वास मत लिन लागेका हुन्।

कांग्रेस र एमालबीच सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली पहिलो चरणमा प्रधानमन्त्री बन्नेछन्।

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, असार २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्