एमालेको सचिवालय बैठक सुरु
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेकाले सरकारमा जाने मन्त्रीहरूका विषयमा आजको बैठकमा छलफल हुने छ।
काठमाडौं,असार २६ : मंगलबार स्थगित भएको नेकपा एमालेकोे सचिवालय बैठक सुरु भएको छ।
एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा जारी बैठकमा नेपाली कांग्रेससँगको सत्ता समिकरणमा अब बन्ने सरकारमा जाने मन्त्री, केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत समसामयिक राजनीति विषयमा छलफल हुने जनाइएको छ।
पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेकाले सरकारमा जाने मन्त्रीहरूका विषयमा आजको बैठकमा छलफल हुनेछ।
प्रकाशित मिति: १२:४४ बजे, बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












