Kathmandu Press

वर्षाका कारण भोजपुरमा सडक भासियो

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए।
वर्षाका कारण भोजपुरमा सडक भासियो

भोजपुर, असार २६ : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङामा सडक भासिएको छ। भोजपुर –चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए। उक्त स्थानमा आज बिहान सडक भासिएको हो।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भने, ‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।’

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्