Kathmandu Press

पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । 
पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं, असार २६ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ । 

Hardik ivf

आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक÷दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्