Kathmandu Press

‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौं’

विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै उनले आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गरे। उनले माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने बताए।
‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौं’
फाइल तस्बिर।

कास्की, असार २५ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन्।

पार्टीको पोखरा महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताए।

Hardik ivf

‘पार्टी संगठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट संघर्ष गछौं।’ उनले पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताए।

विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै उनले आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गरे। उनले माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने बताए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उनले बताए। माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको शर्माले बताए।

प्रकाशित मिति: २०:०६ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्